सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबल टेनिस शनिबारदेखि

काठमाडौं : तेस्रो सम्झना कप खुला अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगिता शनिबारबाट काठमाडौंमा हुने भएको छ ।मंगलबार ललितपुर टेबल टेनिस क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधान र ललितपुर टेबल टेनिस क्लबको आयोजनामा  सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्ता र दक्षिण कोरिया कुल ५ सय २४ खेलाडीले सहभागिता जनाउँदै छन् ।

८ दिनसम्म चल्ने प्रतियोगितामा सहभागि प्रतिस्पर्धीले १४ स्वर्ण, १४ रजत र २८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने ललितपुर टेबल टेनिस क्लबका अध्यक्ष उर्दिप जोशीले जानकारी दिए ।
लैनचौरस्तिथ राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगितामा पुरुष र महिला गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो ।ओपन इभेन्टमा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै भेट्रान एकलमा विजयी हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँबाट पुरस्कृतहुनेछन् । साथै आयोजकले प्रतियोगिताको अन्तिम दिन १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टेबल टेनिसमा पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने समेत जनाएको छ । सम्झना ल्याब्रेटरीको मुख्य प्रायोजनमा प्रतियोगिता हुन हो ।

Leave a Reply

Your email address will not be published.