सशक्तीकरणलाई उपाधि

 काठमाडौँ:बागमती अध्यक्ष कप फुटबलको उपाधि सशक्तीकरण युवा क्लबलाई ललितपुर । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ बडादशैं, दिपावली , नेपाल संवत तथा छठ पर्वको अवसरमा बागमती गाउँपालिकाका वडा नं ४ प्युटारमा गत असोज २९ देखि सुरु भएको गाउँपालिका अध्यक्ष कप फुटबलको उपाधि आश्राङ्गको सशक्तीकरण युवा क्लबले हात पारेको छ । बागमती खेलकुद विकास समितिको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको सोमबार समापन भएको हो ।

यसैगरी प्रतियोगितामा सहभागी मकवानपुरको बकैया गाउँपालिका ९ च्याउँच्याउँको एकता बेण्ड क्लव दोश्रो र बकैया १० को ठाकुर सपोर्ट क्लवले तेश्रो स्थानसहित पुरस्कार हात पार्न सफल भएका छन् भने बागमती गाउँपालिका ७ , गिम्दीको बसन्त युवा क्लवले चौथो स्थान हासिल गरेको छ । बिजेता प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार र सन्त्वाना दुई टिमलाई २०र२० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, कदरपत्र, मायाको चिनो प्रदान गरिएको छ । प्रतियोगिता समापन कार्यक्रममा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष एबम प्रमुख अतिथि वीर बहादुर लोप्चानाले जिल्ला,राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत फूटबल खेल्न सक्ने खुबी भएका,नाम चलेका खेलाडी तथा दर्जनौं क्लवहरुहरुको सहभागितामा प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु बागमती गाउँ पालिका गौरवको विषय रहेको उहाँको धारणा व्यक्त गरे ।

नेपालमा फूटबलको ईतिहास स्मरण गराउँदै अध्यक्ष लोप्चनले भने –“विश्वका थुप्रै देशहरुले फूटबल खेलको माध्यमबाटै आफ्ना नाम स्थापित गराएका छन् तर नेपाली इतिहास हेर्दा नेपाली फूटवलको यात्रा कठिन यात्रा हो ।२००४ सालमा नरशम्सेरद्धारा सुरु फूटबल खेल २००८ सालमा आएपछि मात्रै लिग फूटबलको रुपमा शुभारम्भ भयो,खेलप्रति नेपालीको दृष्टिकोण उदार भएन,यिनै कठिन यात्राको बीचमा आज बागमती गाउँ गाउँमा गाउँगाउँमा आईपुग्नु र आज यो प्रतियोगिता हुनु सामान्य हैन,यो हाम्रो गौरवको विषय हो ।” लोप्चनले आगामी दिनहरुमा समेत यस्ताखाले सौहार्दपूर्ण वातावरणमा खेलकुदका गतिविधिहरु जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा विषेश अतिथि गाउँ पालिकी उप प्रमुख रन्जना घिमिरे प्रदेश नं ३ खेलकुद परिषद सदस्य विकाश तामाङ नेपाली काङ्ग्रेस प्रदेश९ २ ० ख को सभापति रामकृष्ण तामाङ ९ इन्द्र ० अतिथि छोर्गे युवा क्लब को संस्थापक अध्यक्ष तथा सल्लाहकार श्याम बहादुर लोप्चान विभिन्न राजनीति दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागी रहेको थियोे । यसैबीच फुटबल प्रतियोगितामा बेस्ट किपर विवेक देशार जर्सि नं १४, शसक्तिकरण युवा क्लब बेष्ट डिफेन्स अनिल देशार जर्सि नं १३, यसैगरी बेस्ट फरवाटफ आकाश मगर जर्सि नं २, एकता बेण्ड क्लब र बेष्ट हाईस्कोर राजन सयाङतन जर्सि नं १०, बेष्ट प्यलेर मिलन रुम्बा जर्सि नं ११, र बेष्ट कोच नारायण बहादुर भोम्जन आश्राङ सशक्तीकरण हात पर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *