साइपाल र समृद्धिको दोश्रो जित

खेलपेपर, काठमाडौं।
२३ पौष २०७५
डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी र समृद्धि गोरिल्लाजले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा सोमबार दोश्रो जित हात पारेका छन् ।
उपाधि दाबेदार साइपालले आयोजक विशाल मिलन केन्द्र (बीएमके) लाई ३८–७ ले सहजै पराजित ग¥यो । साइपालको जितमा रोशनी श्रेष्ठले ११ अंक योगदान गरिन् ।
पहिलो क्वाटरमा ७–३ को अग्रता लिएको साइपालले बाँकी क्वाटरमा पनि अग्रता कायम ग¥यो । साइपालले दोश्रोमा ९–३, तेश्रोमा ९–१ र चौथोमा १३–० अंक जोड्यो । दुई खेलमा साइपालको लगातार जित हो । प्रतियोगितामा साइपाल एक्लो अपराजित टिम हो । आफ्नो पहिलो खेलमा साइपालले समृद्धिलाई पन्छाएको थियो ।
अर्को लिगमा सोनी वाइबा र मुना महर्जनको समान १२–१२ अंक सहयोगमा समृद्धिले काठमाडौं नर्थ पोल क्लबलाई ४०–२८ ले हरायो । तीन खेल खेलिसकेको समृद्धि यसअघि साइपालसंग पराजित भएको थियो भने आयोजक बीएमकेलाई पहिलो खेलमा हराएको थियो । दुई खेलमा नर्थ पोलको पहिलो पराजय हो । पहिलो खेलमा नर्थ पोलले अर्को आयोजक एनसीसीएसलाई पराजित गरेको थियो । मंगलबार आयोजक एनसीसीएस र समृद्धि तथा साइपाल र नर्थ पोलबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *