सागको तयारी लगभग पूरा

काठमाडौं : मंसिर १५ गतेदेखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी लगभग पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिए ।

सदस्य–सचिव सिलवालले दशरथ रंगशालामा बाँकी रहेको काम शुक्रबारसम्म सकिनेमा ढुक्क रहन आग्रह पनि गरे । म तपाईँहरुलाई विश्वास दिलाउन चाहन्छु, शुक्रबार रातिसम्ममा दशरथ रंगशाला तयार हुनेछ । अब रङ्गशाला परिसर र खेल स्थलका सरसफाइको काम मात्र निरन्तर चल्नेछ– सदस्य–सचिव सिलवालले भने ।

सदस्यसचिव सिलवालले पोखरा रङगशालाको दर्शक क्षमता पहिले १० हजारको मात्र गर्ने भनिएकोमा अब १३ हजारमा वृद्धि भएको जानकारी दिए । पोखरा रङगशालाको मैदान पनि पूर्ण रुपमा तयार छ । ट्रयाक एन्ड फिल्डको काम पनि सकिसकेको छ । जहाँ खेलाडीहरुले अभ्यास पनि सुरु गरिसके– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *