साग पदक विजेता बास्केटबल खेलाडी सम्मानित

भंगालस्थित भ्याली पब्लिक स्कुलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।महिला टिमका तीन खेलाडी सम्मानित भएका हुन् । फुल कोर्टमा सहभागी प्रतिक्षा मगर तथा थ्री बाइ थ्रीमा सहभागी सोनी वाइबा र मिना गुरुङ सम्मानित भए ।

महिलाको फुल कोर्टमा नेपाल दोश्रो तथा थ्री बाइ थ्रीमा तेश्रो भएको थियो । उनीहरुलाई जनही ८ हजार १ सय ५५ रुपैयाँ प्रदान गरियो ।भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर गुरुङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी, को–फाउन्डर सुनिता अधिकारी, समाजसेवी तारा पोखरेललगायतले उनीहरुलाई नगद प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा पावर लिफ्टिङका च्याम्पियन अनुप कार्कीलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *