साग ह्याण्डबलको अन्तिम चरणको छनोट सम्पन्न

पोखरा: नेपालमाआयोजनाहुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतहुने ह्याण्डबल महिलातथापुरुष खेलाडीहरुको बिहिबार पोखरामा अन्तिम छनोट सम्पन्नगरिएको छ ।यहि मंसिर १५ देखि २४ गते सम्मपोखरामा१३ औं सागअन्तरगतहुने ह्याण्डबल महिला र पुरुषतर्फ १६–१६ जना खेलाडी अन्तिम छनोटमा परेकाहुन ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङकाअनुसार पुरुषतर्फ छनोटमा परेका खेलाडीहरुमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपक सिं बोहोरा, संदिपकार्की, रणसिं रावत, इन्द्र नारायण चौधरी, मदनचुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिशअधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्तथापा र शरण थापा रहेका छन ।

यसै गरि महिला टिम तर्फ छनोटमा परेकाहरुमाबविताश्रेष्ठ, अर्चनान्यौपाने, संगिताचौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमायाथापा, आईतालामू शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पनावली, उमा राई, निशा राई र देव कुमारी बास्कोटा रहेका छन ।

छनोट समितीले पुरुष र महिलातर्फ ५–५ जना बैकल्पिक खेलाडी समेत छनोट गरेको छ । महिलातर्फ बैकल्पिक खेलाडीमा जिना राई, साधनावम, विष्णा बोगटी, देबीश्रेष्ठ र मञ्जु राउत छन भने पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल रहेका छन ।

छनोट समितीमा नेपाल ह्याण्डबल संघका उपाध्यक्षजिवन बस्नेत, नेपाल ह्याण्डबल संघका सचिब केशव पाठक, विदेशीप्रशिक्षक (पोर्चुगल)जोआ प्mलोरेन्सियो, ह्याण्डवलका मुख्यप्रशिक्षकएवमतालिमतथा प्रशिक्षण विभागराखेपकाउप–निर्देशकहिमालराजदहालर बरिष्ठ प्रशिक्षकअरुणलाल कर्ण रहेकाथिए ।

खेलाडी छनोट घोषणा कार्यक्रममाबोल्दै संघका अध्यक्षएवम नेपालओलोम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले खेलाडीहरुले अनुशासनलाई प्राथमिकताका साथपालनागर्न आग्रह गरे । यसै गरि ह्याण्डबलका उपाध्यक्षएवम गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले सागमा सबै खेलाडीले राष्ट्रको गरिमालाई माथी उठाउने गरि आफ्नो खेल प्रस्तुतगर्न सक्दो प्रयास गर्न अनुरोध गरे ।

सागतयारीकालागि ह्याण्डबलको महिलातथापुरुष टिमका राष्ट्रिय खेलाडी हरु गतअसोज १६ गते बाट बन्द प्रशिक्षणमा रहेकाथिए । वन्द प्रशिक्षण अन्तरगतपहिलो चरणमा २८–२८ जना र दोश्रो चरणमा २२–२२ जना खेलाडीबन्द प्रशिक्षणमा रहेकाथिए । दोश्रो चरणको करिब एक महिनाको वन्द प्रशिक्षण पछि १६–१६ जना खेलाडी अन्तिम चरणका लागि छनोट भएकाहुन । छनोट भएका खेलाडीले १३ औं सागअन्तरगत ह्याण्डबल प्रतिष्पर्धामाउत्रने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *