सान्टियागो सोलारी, रियल मड्रिड प्रशिक्षक

खेलपेपर, काठमाडौं ।

लोपेटेगीलाई बर्खास्त गरेको १४ दिन पछी रियल मड्रिडको प्रमुख प्रशिक्षकका रुपमा भएका सान्टियागो सोलारी पनि मड्रिडका खेलाडी थिए। मड्रिड्मा रहेर २००२ को च्याम्पियन्स लिग पनि जित्न सफल भएका थिए । सान्टियागो सोलारीले आफ्नो प्रशिक्षकको सुरुवात रियल मड्रिडको युबा टोलीलाई प्रशिक्षण गरेर सुरुवात गरेका थिए। आहिले लोपेटेगीलाई बर्खास्त गरेपछी रियलको प्रमुख प्रशिक्षक सोलारीले नै हेरिरहेका छन । सोलारीले कर्तब्य हातमा लिएपछी रियलको खेलमा धेरै सुधार देखिएको छ । सोलारीको टोलीले खेलेको ६ खेलमा रियलले १ मात्र खेल हरेको छ। एडबारसँग भएको लिगको खेलमा रियल ३-० ले पराजित भएको थियो। आज राती भएको च्याम्पियन्स लिग खेलमा रियलले रोमालाई २-० ले हराएको छ। यो सिजन च्याम्पियन्स लिगमा खासै गतिलो नतिजा देखाउन रियलले सकेको छैन तर गत राती भएको खेलमा सोलारीले ल्यएका सुधारहरु पकै देखा परेको छ।

रियल मड्रिड विश्वकै एक ठुलो क्लब भएकाले एस क्लबको जिम्मेवारी लिनु सजिलो काम कदापी छैन । रियलले लोपेटेगी बाहेक पनि ठुला नाम चलेका प्रशिक्षकहरुको बर्खास्त गर्दै आएको छ। सान्टियागो सोलारीले अब रियलको जिम्मेवारी राम्ररी निभाउन सक्छन कि सक्दैनन? आहिलेको परस्थिती हेरेर सोलारीले केही सुधार लेरौछन भन्ने आशामा रियलको समर्थकहरु बसिरहेको छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *