साम्भवी र एभरेष्ट क्वाटरफाईनलमा

साम्भवी र एभरेष्ट स्कुल प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा साम्भवीले इलिसरसंग २ । २ को बराबरी खेल्यो । बरावरीका पश्चात पनि साम्भवी डी ग्रुपमा दोश्रो हुँदै क्वाटरफाईनल प्रवेश गरको हो । उक्त ग्रुपमा पहिलो भएको एभरेष्टले ज्ञान निकेतनलाई १ । ० गोलले पराजित ग¥यो । यस्तै ग्रुप बीमा ग्रुप प्रथम र द्वितीय छुट्याउन भएको खेलमा एजिएमले अर्किड स्कुललाई ३ । १ ले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरे ।

यस्तै अन्तिम आठमा पुगेका अन्य टिममा ग्रुप ए बाट पिसप्वाईन्ट र शुभयोग तथा ग्रुप सीमा पायोनियर र प्राक्टिस रहेका छन् । यी टोली यस अघिनै क्वाटरफाईनल प्रवेश गरिसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *