सिलवाल माथी यती गंभिर आरोप किन लाग्यो?

काठमाण्डौ,१ असार
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल माथी गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दिपक मनाङगेले लगाएको आरोप अति नै गम्भिर र संगिन छ । गुरुङले विगतमा गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री हुदा देखेको वेथितिपछि आफुले यस्तो आरोप लगाएको दावी गरेका छन् ।
उनले लगाएको आरोप पछि राखेपका निमित्ति सदस्य सचिव पुरेन्द्र विक्रम लाखेले एक विज्ञप्ती जारी गर्दै गुरुङको भनाईको विरोध गर्दै कडा कारवाहीको माग समेत गरेका छन् । गुरुङले गण्डकी प्रदेशमा सरकार परिवर्तन भए लगत्तै एक स्थानिय टेलिभिजनलाई दिएको अन्र्तवार्तामा राखेप सदस्य सचिव सिलवाल र परिषदका सदस्य राजेश गुरुङको मिलिभगतमा खेलकुदमा ब्यापक भ्रष्टाचार भएको आरोप मात्र लगाएनन् । उनले सिलवालको चरित्र र सार्वजनिक जीवनमाथी पनि गंभिर आरोप लगाएका छन् । प्रदेश सांसद गुरुङको भनाई सार्वजनिक हुदै गर्दा राखेपका सदस्य सचिव सिलवाल भने विदेश भ्रमणमा थिए । उनी नेपाली फुटवल टोलीसँग इराक र कुवेतको भ्रमणमा निस्केका थिए । उनी सोमवार मात्रै नेपाल फर्केका थिए । यो विषयमा राखेप सदस्य सचिव सिलवालको आधिकारीक धारणा बाहिर आएको छैन । उता राखेप सदस्य राजेश गुरुङले भने आफु माथी लगाएको आरोपको विषयमा विरोध जनाएका छन् । राखेप सदस्य सचिव सिलवाल पछिल्लो समय पोखरा आउने जाने क्रम बढी भएको र अर्का सदस्य राजेश गुरुङलाई उनले चाहिने भन्दा बढि नै जिम्मेवारी दिएको आरोप पनि मनाङगेको छ ।
मनाङगेकै भनाईलाई आधार मान्ने हो भने सिलवाल ‘मोज’ गर्नका लागी पोखरा बढी आउने गरेका हुन् । यो आरोपलाई लिएर नेपालको खेल क्षेत्रमा चर्चा पनि धेरै भएको छ । प्रदेश सांसद जस्तो मान्छेले एउटा जिम्मेवार तहमा बसेको ब्यक्तिलाई लगाइएको यस्तो आधारहिन आरोपले खेल क्षेत्रलाई भलो नगर्ने र अराजकता बढ्ने निष्कर्ष खेलका जानकारहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *