सीसीआरसी र साइपाललाई उपाधि

खेलपेपर, काठमाडौं ।
१७ मङ्सिर २०७५
सीसीआरसी र साइपालले तेश्रो रोजबड उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन भए ।
बुद्धनगरस्थित आयोजक रोजबडको कोर्टमा भएको ब्वाइज फाइनलमा सीसीआरसीले मोर्गनलाई ६१–४५ ले पराजित ग¥यो । सीसीआरसीका प्रवेश तामाङले १४ अंक जोडे ।
गल्र्सको उपाधि भिडन्तमा साइपालले जेभियर इन्टरनेसनललाई ५१–३८ ले हरायो । साइपालकी रोशनी श्रेष्ठले १६ अंक जोडिन् । ब्वाइजमा सीसीआरसीका अनमोल खत्री तथा गल्र्समा साइपालकी प्रतिक्षा मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *