सीसीआरसी विजयी

काठमाडौँ : सीसीआरसीले चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ । सीसीआरसीले टाइम्सलाई ५८–४१ ले पराजित ग¥यो । सीसीआरसीका विश्वास राईले ११ अंक जोडे ।

त्यस्तै एभरेष्ट फ्लोरिदाले लिभरपुललाई ६५–५६, जेभियर इन्टरनेसनल कलेजले ट्रिनिटीलाई ४१–२२, ह्वाइटहाउसले हेराल्डलाई ५०–४७ र चाँदबागले इन्साइट भिजनलाई ५०–३० ले हराए । एभरेष्टका सन्जिव मगरले १७, जेभियरका सागर तामाङले १२, ह्वाइटहाउसका सुरज बस्नेतले २१ र चाँदबागका रामसिंह गुरुङले २४ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published.