युवा क्रिकेटरले कायम गरे नया रेकर्ड

मुम्वई, एजेन्सी
क्रिकेट यस्तो खेल हो जसमा जुनै पनि बेला जे पनि हुन सक्छ । अनिश्चयको खेल भनेर पनि क्रिकेटलाई लिने गरिन्छ । मुम्वईमा मंगलवार एक अन्तर स्कुल क्रिकेट प्रतियोगितामा यस्तै दृश्य देखियो । अन्तर स्कुल अण्डर –१६ क्रिकेट प्रतियोगितामा प्रणव धनावडे नामक एक युवा क्रिकेटरले नया रेकर्डको इतिहास कायम गरे । उनले अहिलेसम्म विश्व क्रिकेटमै नभएको नया रेकर्ड बनाए ।
उनले एकै पारीमा १ हजार भन्दा बढी रन बनाए । उनले ३ सय २३ बलको सामना गरेर नट आउट रहदै १ हजार ९ रन बनाए । क्रिकेटको को कुनै पनि फरम्याटमा यो पहिलो पटक हो जसमा एक जना ब्याटसम्यानले एक हजार रन बनाएको । प्रणवले आफनो पारीमा १ सय २९ वटा चौका र ५९ वटा छक्का प्रहार गरेका थिए । एकै पारीमा १ सय ८८ बलले ब्राउण्ड्री पार गरेका थिए । सोमवारको दिनको खेल सकिदा नै उनले ६ सय ५२ रन बनाइसकेका थिए । त्यो नै उनको रेकर्ड थियो । प्रणवले सोमवार बनाएको ६ सय ५२ रनले नै १ सय १६ बर्ष पुरानो इतिहास तोडिएको थियो ।
सन् १८९९ मा इङल्याण्डमा खेलिएको एक क्लव म्याचमा एइजे कालिसले नट आउट रहदै ६ सय २८ रन बनाएका थिए । प्रणवको सो पारी सगै उनको स्कुल केसी गान्धी इङलिस स्कुलले आर्य गुरुकुल स्कुल विरुद्ध १४ सय ६५ रनको बनाउदै पारी सकिएको घोषणा गरेको छ । यो कुनै पनि फम्र्याटको क्रिकेटमा कुनै पनि टिमले बनाएको सवैभन्दा उच्च स्कोर हो । सन् १९२६ मा विक्टोरिया को टिमले न्यु साउथ वेल्स विरुद्ध १ हजार १ सय ७ रन बनाएको थियो । प्रणवले यस अघि पनि विभिन्न प्रतियोगितामा चार पटक सवैभन्दा बढी रन बनाए बापत पुरस्कार र सम्मान पनि पाइसकेका छन् । प्रणवका पिता ठाणेंका अटो रिक्सा चालक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *