सुर्य नेपाल इस्टर्न गल्फ शुरु

धरान । संजय लामाले सुर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो चरणमा अग्रता लिएका छन् । सुर्य नेपाल सेन्ट्रल ओपनका विजेता संजयले पहिलो चरणमा तीन अण्डर ६७ पार खेले । यो स्कोर पश्चात संजय स्थानिय प्रोफेसनल मणि राई भन्दा एक स्ट्रोकले अगाडी भएका छन् । मणि र शिवराज दुवैले दुई अण्डर ६८ पार खेले । शिवराम श्रेष्ठ, भुवन नगरकोटी र एमेच्योर शुक्र बहादुर राईले एक अण्डर ६९ पार खेल्दै चौथो स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *