स्किब्स बास्केटबल शुक्रबारदेखि

काठमाडौ, ४

असार बसुन्धारास्थित श्री चन्द्र विन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा प्रथम स्किब्स/रेड क्रस कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुादैछ । विभिन्न ३ विधामा प्रतिस्पर्धा हुनेछ । सिनियर र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा ८ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले जानकारी गराए । सिनियर र जुनियर ब्वाइज टिमलाई विभिन्न ४ समूह तथा गल्र्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ६५ हजार खर्च हुने स्किब्सका एकेडेमिक डाइरेक्टर सुशील राईले बताए । आयोजकको आफ्नै कोर्टमा हुने प्रतियोगिताको फाइनल जेठ १० गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *