स्कोलारीले राजिनामा नदिने

रियो, २९ असार
ब्राजिलका कोच लुइस फिलिप स्कोलारीले ब्राजिलको हारका बावजुद पदबाट राजिनामा नदिने भएका छन् । उनले हार र जीत खेलको नियम नै भएकाले यसलाई प्रकृयाका रुपमा मात्रै लिनु पर्ने पनि बताए । जमर्न विरुद्धको खेलको विषयमा बोल्दै स्कोलारीले भने ‘ हिजो के भएको थियो, त्यो मलाई थाहा छ , यसले मलाई कति लज्जित बनाएको छ त्यो पनि मलाई थाहा छ । यसले मलाई जीवन भर छाड्ने छैन तर पनि जीवन त चलिरहन्छ । ’ उनले अगाडी भने ‘ खेलाडीहरु फेरि आफनो जीवनमा फर्कनेछन् ।
उनीहरु अझै पनि विजेता नै हुन् । हाम्रो जीवन हारबाट बनेको होइन । त्यो हाम्रो जीवनको सवैभन्दा नराम्रो पल थियो । तर पनि जीवन राम्रो छ । त्यसैका कारण त कोही पनि मर्ने वाला त छैन नी । ’  स्कोलारीले भने हामीले सगै जित्यौ, सगै हार्‍यौ । यी सवैभन्दा राम्रा पलहरु छन् र नराम्रा पल पनि । तर स्कोलारीले आफु राजिनामा दिने विषयमा भने केही पनि बताएनन् । उनले ब्राजिलमा रहने वा नरहने विषयमा संघको निर्णय आफुलाई मान्य हुने बताएका छन् । तर  प्राप्त जानकारी अनुसार ब्राजिली अधिकारीहरुले स्कोलारीको विकल्पमा कोचहरु तयार पारेका छन् । विश्व कप फुटवल सकिए लगत्तै ब्राजिलले सो विषयमा निर्णय गर्न सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *