स्टानिसलाभ चेरकेसोभ

आयोजक राष्ट्र रसियका प्रशिक्षक स्टानिसलाभ चेरकेसोभ यो पटक साताको  प्रशिक्षकका रुपमा छनौटमा परेका छन् । विश्व कप फुटवलमा अहिले अन्तिम आठमा स्थान बनाएका मध्ये तुलनात्मक रुपमा रसियालाई कमजोर मानिन्छ । तर स्टानिसलाभको नेतृत्वमा रहेको रसिया बलिया टिमहरुलाई हराउदै अन्तिम आठसम्म आउन सफल भएको छ । यसका लागी प्रशिक्षक स्टानिसलाभ धन्यवादका पात्र हुन् । सन् १९६३ मा जन्मेका स्टानिसलाभ विगतमा गोलकिपरका रुपमा खेल्थे । क्लव फुटवलमा उनले आफनो टिमका लागी चार वटा राष्ट्रिय उपाधि पनि जिताएका छन् । सन् १९८३ को यू २० फिफा विश्व कप फुटवलमा उनले रसियाली टिमबाट सहभागिता पनि जनाएका थिए । उनलाई सन् २०१६ मा रसियाली राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । त्यस अघि उनले पोल्याण्डमा प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । कन्फेडेरेशन कप पछि राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा जिम्मेवारी पाएको यो उनको दोस्रो ठुलो प्रतियोगिता हो ।

Leave a Reply

Your email address will not be published.