स्पेन प्रारम्भिक चरणबाटै बाहिरियो, नेदरल्याण्डस र चिली प्रि क्वाटरमा

रियो, ५ असार
चिली विरुद्धको खेलमा दुई शुन्य गोल अन्तरले पराजित भएपछि विश्व विजेता स्पेन जारी विश्व कपको प्रारम्भिक चरणबाटै घर फर्कन बाध्य भएको छ । समुहगत चरणको पहिलो खेलमा नेदरल्याण्डस विरुद्ध लज्जास्पद हार ब्यहोरेको स्पेन चिली विरुद्ध बुधवार राती भएको खेलमा पनि कमजोर नै सावित भयो ।
नेदरल्याण्डस विरुद्ध पहिलो खेलमा स्पेन ५–१ गोल अन्तरले पराजित भएको थियो । मिहिनेती टिमका रुपमा देखा परेको चिलीले एक पछि अर्को उत्कृष्ट प्रहार स्पेन विरुद्ध गर्न सफल भयो । चिली यस अघि भएका १० वाट खेलमा स्पेन विरुद्ध हावी हुन सकेको थिएन । तर बुधवार राती चिलीले उत्कृष्ट खेल प्रर्दशन गर्दै जीत आफनो पक्षमा पार्‍यो । खेलको २० औ मिनेटमा एडुआर्डो भारगासले चिलीका लागी पहिलो गोल गरेका थिए । अर्को गोल खेलको ४३ औं मिनेटमा चाल्र्स अरान्गुइजले गरेका थिए । यो जीत पछि चिली पनि अघिल्लो चरणमा स्थान बनाउन सफल भएको छ । चिलीले पनि पहिलो खेलमा अष्टेलियालाई पाखा लगाएको थियो । यो समुहबाट नेदरल्याण्डस र चिली अघिल्लो चरणमा प्रवेश गरेका छन् । बुधवार राती भएको खेलमा नेदरल्याण्डले पनि अष्टेलियालाई पाखा लगाएको थियो । चिली र नेदरल्याण्डस दुवैको ६ अंक भएको छ । स्पेन र अष्टेलियाको कुनै अंक छैन । यो हारपछि समुहगत चरणबाटै घर फर्कने स्पेन पाचौ डिफेन्डिङ च्याम्पियन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *