स्पेन युरो कपको सेमिफाइनलमा

एजेन्सी, १९ असार
स्पेन युरो कप फुटवलको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रवार राती भएको पहिलो क्वार्टरफाइनल खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गरेपछि स्पेनको सेमिफाइनल यात्रा संभव भएको हो । निर्धारित ९० मिनेट र थप गरिएको तीस मिनेटको समयमा पनि दुवै पक्षबाट एक एक गोल मात्र भएपछि खेलको निणर्य पेनाल्टी सुट आउटमा गर्नु परेको थियो । स्वीजरल्याण्डका एक जना खेलाडी रातो कार्ड पाएर बाहिरिएपछि पुरै खेल अवधिभर स्पेन हावी भएको थियो । स्वीजरल्याण्डले एक दुई वटा बाहेक राम्रा प्रहार खेल अवधिमा गर्न सकेको थिएन । स्पेनले खेल अवधिमा एक दर्जन भन्दा बढी राम्रा प्रहार स्वीजरल्याण्डको पोष्टमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *