स्पेन र स्वीडेनको सफलता

एजेन्सी, १० असार
युरो कप फुटवल अन्तर्गत समुह इ मा रहेको स्पेन स्वीडेनले अघिल्लो चरणको यात्रा तय गरेका छन् । बुधवार राती भएको खेलमा स्पेनले स्लोभाकिया माथी ५-० गोल अन्तरको जीत दर्ता गराएपछि स्पेनको अघिल्लो चरणको यात्रा सहज भएको हो । स्पेनले तीन खेलमा ५ अंक बनाएको छ । एक खेलमा जीत र दुई खेलमा बरावरी गरेको स्पेन बुधवार रातीको खेलमा स्लोभाकिया विरुद्ध भने निकै बलियो सावित भयो । यता स्वीडेनले पोल्याण्ड माथी ३-२ गोल अन्तरको जीत दर्ता गरायो । स्वीडेन पनि तुलनात्मक रुपमा बलियो टिम सावित भयो । स्वीडेनले तीन खेलमध्ये दुईमा जीत र एक खेलमा बरावरी गरेको थियो । समुह इ बाट स्लोभाकिया र पोल्याण्ड बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *