स्वप्न वाटिका र हेम्स सफल

काठमाडौं: स्वप्न वाटिका र हेम्सले १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।स्वप्न वाटिकाले केइएसलाई १८–४ ले पराजित ग¥यो । स्वप्न वाटिकाका अश्विक केसीले ५ अंक जोडे । हेम्सले काठमाडौं जेभियरलाई १४–७ ले हरायो । हेम्सका हेलेन राजवंशीले ६ अंक जोडे । जुनियर ब्वाइजमै सनसाइनले स्पाङगेललाई ९–७ ले पन्छायो । सनसाइनका दीपेश विष्टले ४ स्कोर गरे ।


सिनियर गल्र्समा एसियन पब्लिकले काठमाडौं जेभियरलाई १७–११, चैतण्यले सेवा सदनलाई ९–४, अक्सिडेन्टलले हेम्सलाई ९–६, स्पाङगेलले सनसाइनलाई ६–४ र भद्रघलेले अल्बर्टलाई ४–२ ले पाखा लगाए । एसियनकी निपिसा रिजालले १०, चैतण्यकी सविना खवासले ७ र अक्सिडेन्टलकी सपना अधिकारीले ६ स्कोर गरे ।सिनियर ब्वाइजमा स्पाङगेलले सनसाइनमाथि २९–२० को जित रच्यो । विजयी टिमका लागि रोहित बलामीले १७ अंक जोडे ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *