स्वारेज बने इङल्याण्डको दुर्भाग्य

रियो, ६ असार
विश्व कप फुटवल प्रतियोगिताको समुहगत चरणको दोस्रो खेलमा पनि इङल्याण्ड नमिठो हारको सामना गर्न बाध्य भएको छ । इङल्याण्डको लिभरपुलमा ब्यवसायिक फुटवल खेलिरहेका लुइस स्वारेजको महत्वपुर्ण दुई गोलको मदतले युरुग्वेले महत्वपुर्ण जीत दर्ता गरायो । खेलको ३९ औ मिनेटमा स्वारेजले युरुग्वेका लागी पहिलो गोल गरे । पहिलो हाफ सकिदा युरुग्वे एक शुन्य गोल अन्तरले अगाडी थियो । तर दोस्रो हाफ शुरु भएपछि इङल्याण्डले उत्कृष्ट खेल प्रर्दशन गर्दै गोल गर्ने प्रयास गर्‍यो । ७५ औं मिनेटमा वायन रोनीले आकर्षक गोल गरेपछि इङल्याण्ड खेललाई बरावरीमा ल्याउन सफल भएको थियो । तर खेलको ८५ औं मिनेटमा इङल्याण्डको कमजोरीको फाइदा उठाउदै स्वारेजले आकर्षक गोल गरेपछि युरुग्वे जीतको हकदार बन्यो । खेलमा अधिकांश समय बल इङल्याण्डको नियन्त्रणमा रहेको थियो । वायन रोनीका दुई वटा उत्कृष्ट प्रहार गोल हुन बाट चुकेपछि इङल्याण्डको दुर्भाग्य शुरु भएको थियो । घुडाको शल्यक्रिया पश्चात आराम गरिरहेका स्वारेज यस अघिको कोष्टारिका विरुद्धको खेलमा सहभागी थिएनन् । सो खेल युरुग्वेले गुमाउनु परेको थियो । स्वारेजको आगमन इङल्याण्डका लागी दुर्भाग्यपुर्ण बन्यो । स्वारेजले पाएका दुवै राम्रा अवसरलाई गोलमा परिणत गरिदिए ।  पहिलो खेलमा इटलीसग पनि दुई एक गोल अन्तरको हार ब्यहोरेको इङल्याण्डको विश्व कप यात्रा लगभग समाप्त भएको छ । तर अझै पनि झिनो आशा भने बाकी नै छ । इटलीले कोष्टारिका र युरुग्वे दुवै टिमलाई पराजित गरेमा र इङल्याण्डले कोष्टारिकालाई राम्रो गोल अन्तरले पराजित गरेमा इङल्याण्डले अघिल्लो चरणमा प्रवेश पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *