हिमरश्मी विजयी

काठमाडौं : हिमरश्मीले पाँचौं ओप्स खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटबलमा बिहीबार जित हात पारेको छ । संस्थागत विद्यालयहरुको संगठन (ओप्स) द्वारा आयोजित प्रतियोगितामा हिमरश्मीले फेरील्यान्डलाई १–० गोलले पराजित ग¥यो ।

अन्य खेलमा मोनास्टिक पब्लिक स्कुलले न्युटनलाई २–०, लालीगुराँसले सेक्रेड हर्टलाई २–०, विभूतिले पुष्पकुञ्जलाई २–० र श्रृजना ज्ञान सागरले ज्ञान मन्दिरलाई १–० गोलले हराए ।बाँकी दुई खेल बराबरीमा सकियो । कौशल र चिल्ड्रेन हेराल्डले गोलरहित तथा मस्र्याङदी र एन्जल्स हर्टले १–१ गोलको बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *