ह्यारी केन

यो साता इङल्याण्डका ह्यारी केन साताको खेलाडीका रुपमा छनौटमा परेका छन् । जारी विश्व कपमा सवैभन्दा बढी ६ गोल गरेर गोल्डेनको बुटको दावी प्रस्तुत गरेका केनको प्रर्दशन इङल्याण्डलाई जिताउनका लागी पनि महत्वपुर्ण सावित भइरहेको छ । फवार्डका रुपमा खेलिरहेका केनले आफुले गोल गर्ने मात्र नभई टिमलाई जिताउनका लागी पनि उनको योगदान महत्वपुर्ण रहेको छ । सन् १९९३ को जुलाई २८ तारिखमा जन्मेका केनले अहिलेसम्म इङल्याण्डको प्रतिनिधित्व गर्दै २७ वटा अन्तराष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन् । टोटेनह्यामका लागी ब्यवसायिक खेल खेल्ने केन सवै खाले गोल गर्न सक्ने खेलाडीका रुपमा पनि परिचित छन् । उनी दुवै खुट्टा, टाउकोले पनि गोल गर्न सक्ने मात्र नभई लामो दुरी बाट पनि गोल गर्न सक्ने खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *