१२ औं सागको भव्य उद्‍घाटन

१२ औ दक्षिण एसियाली खेलकुद शुक्रबार औपचारिक रुपमा सुरु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिताको औपचारिक उद्घाटन गरे ।  शुक्रबार गहाुवटी इन्दीरा गान्धी रंगशालामा भब्य समारोहका विच उद्घाटन भएको हो । सरुसाजाईमा रहेको स्टेडियममालाई उद्घाटन समारोहलाई भब्य पार्न बेहुली झै सिगारिएको थियो ।  पहिलो सत्रमा स्पोट्स रहेको थियो भने दोस्रो सत्रमा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।आयोजक समितिका अनुसार करिब ३ हजार ५ सय खेलाडी तथा अफिसियले मार्चपास गरेका थिए । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, नेपाल, माल्दिभ्स, भुटान, अफगानिस्तानका खेलाडीले मार्चपासमा सहभागीता जनाए । नेपालको झण्डा पौडी खेलाडी श्रृद्धिका सिंहले बोकेकी थिइन् । प्रतियोगितामा दक्षिण एसियाका आठवटै टोलीको सहभागिता रहेको छ । तथापी विगत झै भारतीय टोली नै बलियो हुने सहज अनुमान गरिएको छ । प्रतियोगिातमा रहेका २३ वटै खेलमा नेपालको सहभागिता रहेको छ । सन् २०१२ मा नयाँ दील्लीमा घोषित १२ औ दक्षिण एसियाली खेलकुद त्यसै समयमा भारतमा आम निर्वाचन भए पछि स्थगीत भएको थियो । त्यस पछि लगातार सर्दै आएर सन् २०१६ मा आसामको गुहावटी र मेघालयको सिलोंगमा यो खेल महोत्सब सुरु भएको हो । यस विचमा भारतीय ओलम्पिक कमिटीलाई सरकारले प्रतिबन्ध लगाएको कारण दुइ पटक सरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *