१२ प्रशिक्षकको प्रशिक्षण पनि काम लागेन

काठमाण्डौ, खेलपेपर ।
पाकिस्तान विरुद्धका खेलमा मैदानमा ११ खेलाडी उत्रेपनि मैदान बाहिर बस्ने प्रशिक्षकको नामावलीको लिष्ट खेलाडी भन्दा १ जना बढी थियो । एक खेलाडीका लागी एक जना भन्दा पनि बढी प्रशिक्षक हुदा पनि मैदानमा भने खेलाडीलाई प्रशिक्षणको अभाव नै देखियो । १२ जना प्रशिक्षकको नाम एशियन गेम्सको खेल तालिकामा प्रष्ट देखिन्छ । तर त्यती प्रशिक्षक हुदा पनि नेपालले पाकिस्तान विरुद्धको खेल जित्न सकेन ।  नेपालले यो खेल २–१ गोल अन्तरले हा¥यो । यो खेलको हार पछि एशियाडमा नेपालको फुटवल खेलकोृ यात्रा सकिएको छ । यस अघि नेपाल पहिलो खेलमा जापान र दोस्रो खेलमा भियतनामसँग पराजित भएको थियो । जापान र भियतनाम विरुद्धका खेलमा नेपालको तर्फबाट जापानी प्रशिक्षक कोजी ग्योटुकुको मात्रै प्रशिक्षकको रुपमा  प्लेयर लिष्टमा नाम थियो । समुहगत चरणको अन्तिम खेलमा नेपालको तर्र्फबाट १२ प्रशिक्षकको नाम सार्वजनिक गरिएको थियो । नेपाली खेलको इतिहासमा यस्तो घटना भएको यो पहिलो पटक हो । यता अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने २० खेलाडी र सात अफिसियल इन्डोनेशिया गएको र उनीहरुको सवै खर्च एन्फाले ब्यहोरेको दावी गरेका छन् । तर राखेप श्रोतले दिएको जानकारी अनुसार फुटवल खेलको पदाधिकारी र प्रशिक्षकको नाममा हवाई टिकट र भ्रमण भत्ता र दैनिक भत्ताको समेत ब्यवस्था गरिएको छ । एन्फाले जिम्मेवारी लिन नचाहेको यो विषयको जिम्मेवारी अव कसले लिने हो, त्यो भने हेर्न बाँकी नै छ । एशियन गेम्समा सहभागी हुने नेपाली टोलीको सहभागिताको विषयमा सम्पुर्ण जानकारी हुने निकाय जीवनराम श्रेष्ठको ओलम्पिक कमिटि मात्रै हो । सर्वोच्च अदालतले अवैधानिक ठहर गरेपनि सो समितिले अन्तराष्ट्रिय सम्पर्कको काम गरिरहेको छ । अहिले फुटवलमा १२ प्रशिक्षकको नाम राख्ने विषय पनि सोही कमिटिको कार्यालयबाट भएको पत्राचार पछि मात्रै संभव भएको हो । यो विषयमा बुझन नेपालमा कोही पनि खेल अधिकारी सम्पर्कमा नभएकाले थप भनाई राख्न सकिएन । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री कार्यालयले यो विषयमा आवश्यक पहल गर्ने तयारी गरेको जानकारी श्रोतले दिएको छ ।

Leave a Reply

Your email address will not be published.