१३औ साग बक्सिङ छनोट रोशनी र निशा सेमिफाईनलमा

काठमाडौं : रोशनी राई र निशा तामाङ १३ औं दक्षिण एशियाली खेलकुद (साग) छनोटको सेमिफाईनलमा प्रवेश गरेका छन् । आईतवार भएको महिला ५१ केजी तौल समूहमा प्रदेश ३ की राईले प्रदेश ७ की प्रकृति ऐरलाई अंकका आधारमा ५–० ले हराउँदै सेमिफाईनलमा प्रवेश गरेकी छन् । महिला ५४ केजीमा पुलिसकी तामाङले एपीएफकी सन्जुमाया थिङलाई हराउदै अन्तिम चारमा पुगिन् । पुरुषको ४९ केजीमा आर्मीका शुसिल थापाले प्रदेश ७ का मोहन गुरुङ तथा एपीएफका प्रदिप महर्जनले पुलिसका दिपेश राईलाई समान अंकका आधारमा ५–० ले हराउदै सेमिफाईनल प्रवेश गरेका छन् ।

पुरुषतर्फ आफ्नो प्रतिद्धन्द्धीलाई हराउदै सेमिफाईनल प्रवेश गर्नेमा ५२ केजीमा पुलिसका चन्द्रवहादुर थापाले एपीएफका बिक्रम परियारलाई स्प्रिड डिसिजनका आधारमा ३–२ ले हराए । पुरुष ५६ केजीमा आर्मीका पुरन सुनुवारले प्रदेश ५ का नविन धर्तीमगरलाई अंकका आधारमा ५–० ले हराए ।त्यस्तै पुरुष ६० केजीमा आर्मीका बिमल रोका,पुरुष ६९ केजीमा एपीएफका बिकास लामा,प्रदेश ३ का मनिष डंगोल,पुरुष ७५ केजीमा प्रदेश ३ का भुमिलाल दिवस,८१ केजीमा प्रदेश ६ का मनोहर बस्नेत सेमिफाईनलमा स्थान बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *