४५ जिल्लामा ग्रासरुट फुटवल शुरु

काठमाण्डौ, खेलपेपर
अखिल नेपाल फुटवल संघ एन्फामा आबद्ध ४५ जिल्ला संघले शनिवारबाट नया र प्रतिभावान खेलाडी पहिचान गर्ने उदेश्यसहित ग्रासरुट फुटवल अभियान शुरु गरेको छ । यसै विच काठमाण्डौ जिल्ला फुटवल संघले सानो गौचरण फुटवल मैदानमा आयोजित एक कार्यक्रम विच यो अभियानको शुभारम्भ गरेको छ । जिल्ला अध्यक्ष विराट जंग शाहीले दिएको जानकारी अनुसार यो अभियानमा १३ बर्ष मुनिका झण्डै २ सय खेलाडी सहभागी छन् । स्कुलमा अध्ययन गर्ने बालबालिकाहरुलाई हरेक शनिवार सानो गौचरण फुटवल मैदानमा विशेष प्रशिक्षणको ब्यवस्था मिलाइएको यो अभियानका मुख्य प्रशिक्षक देवेन्द्र जंग शाहीले जानकारी दिनुभयो । यो अभियानका लागी अखिल नेपाल फुटवल संघ एन्फाले आर्थिक सहयोग पनि उपलब्ध गराएको छ । यो अभियानलाई जिल्ला संघले बर्ष भरी नै जारी राख्ने एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *