खेलपेपर, काठमाडौं।
२६ मङ्सिर २०७५

भारतीय ओपनरद्वय गौरव तोमर र जयकिशन कोल्सावालाले शतकीय साझेदारी गरेपछि ललितपुर प्याट्रीयट्सले काठमाडौं किंग्स एलेभेनलाई १० विकेटले पराजित गरेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय १० रनको सामान्य लक्ष्य ललितपुरले ११ औं ओभरमा पूरा गर्यो । लगातार तेस्रो जितसँगै ललितपुर प्लेअफमा पुगेको छ ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा एक सय ८ रनमा अलआउट भयो । १३ रन बनाउदा तीन विकेट खेर फाल्यो । ओपनर अमित श्रेष्ठ ६ रनमा आउट भए भने सागर पुनले खाता खोल्न सकेनन् ।
लगत्तै नरेश बुढाऐरले आउट भए । उनले पनि खाता खोल्न सकेनन् । सोमपाल कामीको सट्टा विदेशी खेलाडी केभिन ओब्राइनलाई कप्तानीको जिम्मेवारी सुम्पेको काठमाडौंको विकेट झर्ने क्रम यतिमा रोकिएन । राजु रिजाल ब्यक्तिगत ८ रनमा आउट हुँदा उसले ४२ रनमा चौथो विकेट गुमायो । त्यसपछि सुब्रमनियम आनन्दपनि मात्र नौ रन, प्रविन साहुले खाता खोल्न नसक्दा काठमाडौंले ७१ रनमा ७ विकेट गुमायो । काठमाडौंका लागि कप्तान ओब्राइनले ४२ रन बनाए । त्यसपछि पुछारका खेलाडी सिद्धान्त लोहनी र शंसद शेखले काठमाडौंलाई सम्हाल्ने प्रयास गरेका थिए ।
तर शेख १० रनमा आउट भए भने सिद्धान्त २१ रनमा पेभेलियन फर्किए । बलिङमा पवन सराफले तीन तथा रासिद खान र योगेन्द्र कार्कीले दुई दुई विकेट लिए ।
जवाफमा जयकिशन कोल्सावाला र गौरव तमोर उत्कृष्ट साझेदारीका कारण ललितपुरले १० ओभर तीन बलमा विना विकेटको क्षेतीमा लक्ष्य पुरा गर्यो । जसमा जयकिशनले अविजीत २७ र तोमरले अविजीत ८० रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *