काठमाडौं :बुद्धिचाल खेलका राष्ट्रिय खेलाडी माननीय रामवीर मानन्धर हालै नेपाल सरकारको शहरी विकास राज्यमन्त्री नियुक्त भएकोमा मखन बुद्धिचाल क्लबले बधाइ दिएको छ । सो अवसरमा राज्यमन्त्री मानन्धरले बुद्धिचाल खेलका लागि आफूले सक्दो सहयोग प्रदान गर्ने बताएका थिए । राज्यमन्त्री मानन्धरलाई मन्त्रालयको जिम्मेवारी बहन गरेकोमा बधाइ दिँदै बुद्धिचाल खेलका लागि सहयोग गर्न अनुरोध गरेका थिए ।
