काठमाडौं, २० असार । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु भएको छ । जुलाई १ देखि हुने भनिएको खेल केही खेलाडीमा कोरोना संक्रमणका कारण आइतबारदेखि प्रशिक्षण शुरु गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी साफ च्याम्पियनसिपलाई लक्षित गर्दै प्रशिक्षण शुरु गरेका हुन् ।
