ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय

संस्थागत विद्यालयहरुको संगठन (ओप्स) को आयोजनामा पाँचौं ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ ।श्रृजना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी गराए । उनका अनुसार ब्याडमिन्टन, फुटबल, भलिबल र एथलेटिक्समा प्रतिस्पर्धा हुने छ । ब्याडमिन्टन र एथलेटिकसमा एक खेल एक विधाका

Continue Reading →

एथलेटिक्स : किरणलाई म्याराथनमा स्वर्ण

नेपालका किरणसिंह बोगटीले दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष म्याराथनमा स्वर्ण जित्दा महिला म्याराथनमा श्रीलंकाका हिरुनी केसरी विजयारत्नेले स्वर्ण जितिन् ।नेपालले साग इतिहासमा २४ वर्ष पछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो । यसअघि १९९५ को मर्दास सागमा नेपालका टिका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । श्रीलंकाले महिला म्याराथन, पुरुष ४ गुणा ४ सय मिटर टिम

Continue Reading →

एथलेटिक्स : श्रीलंकालाई चार स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत एथ्लेटिक्सको तेस्रो दिन बिहिबार श्रीलंकाले ४ स्वर्ण जित्दा नेपाल पदक विहिन बन्यो ।श्रीलकाले महिला ४ सय मिटर पुरुष ४ सय मिटर, महिला ट्रिपल जम्प र महिला १ सय मिटर हर्डल्समा स्वर्ण जितेको हो । पहिलो दुई दिन दबदबा कायम गरेको भारतले १ र पाकिस्तानले १ स्वर्ण जिते

Continue Reading →

दुई सय मिटरमा पनि आशिष सरस्वतीलाई स्वर्ण

आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरी शनिबार पहिलो भएका छन् । आशिष पुरुष र सरस्वती महिलामा पहिलो भएका हुन् । दुवै १ सय मिटर दौडमा पनि पहिलो भएका थिए ।दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धारित दूरी २१.८३ सेकेन्डमा पूरा गरे । आर्मीका अभिषेक

Continue Reading →

अजित र राजपुरालाई स्वर्ण

खेलपेपर, काठमाडौं। १८ फागुन २०७५ एपीएफ क्लबका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाईं मदन भण्डारी स्मृति ५ किलोमिटर सडक दौडमा शनिबार पहिलो भएका छन् । खुलातर्फ पुरुषमा अजित र महिलामा राजपुराले स्वर्ण जितेका हुन् । अजितले निर्धारित दूरी तय गर्न १५ मिनेट ४९.१ सेकेन्ड समय खर्चे । दोश्रो तथा तेश्रो स्थानमा पनि एपीएफकै खेलाडी

Continue Reading →

गोरखा दौडको उपाधि नेपाली सेनाका राईलाई

खेलपेपर, काठमाडौं। ५ पौष २०७५ दशौँ म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जित्नु भएको छ । ‘दशौँ गोरखा महोत्सव एवं अन्तरप्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ को अवसरमा आज आयोजना गरिएको प्रतियोगितामा ३६ प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले उपाधि जित्नु भएको हो । उहाँले निर्धारित आठ किलोमिटरको दूरी ३० मिनेट

Continue Reading →

विश्व म्याराथनमा दुई खेलाडी सहभागी हुने

खेलपेपर, काठमाडौं | जापानको ओसाकामा आयोजना हुने विश्वस्तरीय ओसाका म्याराथन–२०१८ मा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही मङ्सिर ९ गते आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट धर्म महर्जन र पुष्पलाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा सहभागी हुन जाने चार सदस्यीय नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले

Continue Reading →

केन्याली धावकले बनाए म्याराथनमा नया रेकर्ड

बर्लिन, एजेन्सी । केन्याली धावक इलुइड किप्छोगेले म्याराथनमा नया विश्व रेकर्ड कायम गरेका छन् । बर्लिनमा भएको म्याराथनमा किप्छोगेले २ घण्टा १ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै नया रेकर्ड बनाएका हुन् । सन् २०१४ मा उनका समकक्षी डेनिस किमेटोले बनाएको २ घण्टा २ मिनेट ५७ सेकेण्डको रेकर्ड तोड्दै नया रेकर्ड कायम गरेका हुन् ।

Continue Reading →

प्रभुको कीर्तिमान

प्रदेश ५ का प्रभु थारुले दसौं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत छात्र हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान  कायम गरेका छन् । प्रतियोगितामा प्रभुले १.७६ मिटर जम्प गरे । यसअघि उक्त कीर्तिमान नरेश चौधरीको नाममा थियो । नरेशले २०७१ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमै १.७३ मिटरको कीर्तिमान बनाएका थिए ।

एथलेटिक्समा सोमबहादुरलाई स्वर्ण

ब्रुनईमा भएको ब्रुनई ओपन एथलेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले स्वर्ण जितेका छन् । ४ सय मिटर दौडमा पनि सहभागी सोमले उक्त स्पर्धामा रजत जितेको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् । दुईदिने प्रतियोगितामा सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ पुरुषमा उत्कृष्ट खेलाडी चुनिएका सोमले मार्च १८ तारिखमा स्वर्ण र मार्च १९

Continue Reading →