काठमाडौं : आगामी अप्रिल १ देखि १० तारिखसम्म थाइल्यान्डको पतायामा आयोजना हुने थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि नेपाली खेलाडीको छनोट मंगलबारबाट सुरु भएको छ । पुरुषमा ६ र महिलामा चार तौल समूहमा छनोट खेल सञ्चालन हुनेछ । मंगलबार भएको पुरुष ५७ केजी तौल समूहमा जित हात पार्दै ललितपुरका बुद्धग्याल्पो लामा सेमिफाइनलमा पुगेका छन् ।
