रमनको ह्याट्रिकमा पुलिसको सहज जित

रमनको ह्याट्रिक मद्दतमा नेपाल पुलिस अपराजित रहंदै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमवार मंगल माबिमा भएको अन्तिम लिग खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको छ । खेलको २१औं मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औं र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा

Continue Reading →

हक्कीको उपाधि गण्डकी प्रदेशलाई

खेलपेपर, काठमाडौं। १ फाल्गुन २०७५ प्रथम गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । झापाको मेची रङ्गशालामा बुधवार भएको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मीलाई १–० गोलअन्तरले हराउँदै गण्डकीले उपाधि जितेको हो । उपाधिसँगै गण्डकीले रु २० हजारसहित ट्रफी तथा मेडल पायो । उपविजेता आर्मीले रु १५ हजार पुरस्कार प्राप्त

Continue Reading →

प्रदेश ७ विजयी

खेलपेपर, काठमाडौं। २७ माघ २०७५ प्रदेश ७ ले प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा आइतबार जित हात पारेको छ । नेपाल हक्की संघको आयोजनामा झापाको मेची रंगशाला, भद्रपुरमा भइरहेको प्रतियोगितामा प्रदेश ७ ले प्रदेश १ लाई ३–१ गोलले पराजित ग¥यो । अन्य खेलमा नेपाल आर्मीले प्रदेश ४ लाई ३–० गोलले हरायो

Continue Reading →

राष्ट्रिय हक्की प्रतियोगिता शुरु

खेलपेपर, काठमाडौं। २६ माघ २०७५ तीस वर्षपछि पहिलोपटक पूर्वक्षेत्रमा राष्ट्रियस्तरको हक्की प्रतियोगिता शनिबारबाट शुरु भएको छ । भद्रपुरस्थित मेची रङ्गशालामा गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिता शुरु भएको हो । नेपाल हक्की सङ्घ केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद्को संयोजनमा शुरु भएको प्रतियोगितामा छ प्रदेशसहित विभागीय टोली नेपाल आर्मीले भाग लिएका छन् ।

Continue Reading →

हक्कीमा नेपाललाई कास्य पदक

खेलपेपर, काठमाडौं। ८ पौष २०७५ नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ । शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय हक्की महासङ्घको आधिकारिक प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष टोलीले पदक जित्न सफल

Continue Reading →