अभिलाषा र नेयराको जोडी फाइनलमा

नेपालकी अभिलाषा विष्ट र श्रीलंकाकी नेयारा विरावान्साको जोडी पाकिस्तानको इस्लामाबादमा जारी जे ५ पाकिस्तान आईटीएफ जुनियर्स टेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा उक्त जोडीले इरानकी डोसा चिरादी र टर्कीकी लिलुर गोन लुसेनको जोडीलाई ५–७, ७–६ (५) र १२–१० को सेटमा पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्

Continue Reading →

नेपालाई स्वर्ण

आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ । नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको प्रशिक्षक कृष्णराज घलेले जनाएका छन् ।इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगिताको फाइनलमा नेपालले श्रीलंकालाई २–१ ले पराजित गर्दै स्वर्ण जितेको हो । त्यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिंगापुरलाई २–१ ले हराएको थियो । यु–१४ उमेरसमूहको प्रतियोगितामा नेपालबाट अकी जुवेन

Continue Reading →

आईटीएफ जुनियर्स टेनिस सोमबारदेखि

नेपाल टेनिस संघको आयोजनामा काठमाडौं आईटीएफ जुनियर्स जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ सोमबारदेखि हुने भएको छ । उक्त प्रतियोगिता नेपालमा चौथोपटक हुन लागेको हो ।सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ समान ३२–३२ खेलाडीको सहभागिता रहने टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । नेपालसहित प्रतियोगितामा भारत, बुल्गेरिया, अमेरिका, थाइल्यान्ड,

Continue Reading →

लपु टेनिसमा कार्की

ललितपुर जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार कार्की सोमबार निर्विरोध चयन भएका छन् । कार्कीको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्य समिति पनि सर्वसम्मत चयन भयो ।उपाध्यक्षमा अजय विष्ट, सचिवमा गौरीशंकर श्रेष्ठ र कोषाध्यक्षमा उज्वल डंगोल रहेका छन् । सदस्यमा ज्योति राणा, प्रमिता खड्का विष्ट, प्रवीण देवकोटा र सन्तोष खत्री छन् ।

लनटेनिस टोली फिलिपिन्स प्रस्थान

काठमाडौं : आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् ।जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । पुरुषमा आरभसम्राट हाडा र अकी जुवेन रावत तथा

Continue Reading →

सन्दिल र अशुत्तम सेमिफाइनलमा

काठमाडौं  : आयोजक लिटिल एन्जल्स स्कुल (एलए) का सन्दिल राई र अशुत्तमकुमार रोयको जोडी १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको ब्वाइज डबल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा नेपाल प्रहरी स्कुलका सफल श्रेष्ठ र सरोज तामाङको जोडी सेमिफाइनलमा पुगे ।गल्र्स डबल्समा सेन्ट जेभियर्सका इशाश्री शाह र आध्या पौडेल, द चाँदबागका समृद्धि सेढाईं

Continue Reading →

प्रणव र प्रदीप बंगालादेश जादै

काठमाडौं : शेख रसेल अन्तर्राष्ट्रिय क्लब कप टेनिस प्रतियोगितामा सहभागी हुन प्रणव खनाल र प्रदीप खड्का सोमबार बंगलादेशको ढाका जाने भएका छन् । नोभेम्बर १२ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा १७ देशका खेलाडीको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ । दुवै नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट खेलाडी हुन्

Continue Reading →

एलए टेनिस आइतबारदेखि

काठमाडौं : लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको एलएका टेनिस प्रशिक्षक रामेश्वर थापाले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२ र यु–१४ उमेरसमूहमा ब्वाइज÷गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने छ । डबल्समा यु–१४ उमेरसमूहमा ब्वाइज÷गल्र्सतर्फ खेल हुने छ

Continue Reading →

एसियाली यू–१४ टेनिसमा रायनाको विजयी सुरुआत

काठमाडौं  : नेपालकी रायना शाहले एसियाली यू–१४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपको गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् ।नेपाल टेनिस संघको आयोनजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा रायनाले मलेसियाकी सोफिया ग्रेस येओहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । जितसंगै रायना प्रिक्वाटरफाइनलमा प्रवेश गरिन् । सोही स्पर्धामा भारतकी कात्यानी बशिष्ठले नेपालकी श्रेया भट्टराईलाई

Continue Reading →

एसियाली यू–१४ टेनिस सोमबारदेखि

काठमाडौं  : नेपाल टेनिस संघको आयोजनामा एसियाली यू–१४ टेनिस र्याङकिङ सी–२ टेनिस च्याम्पियनसिप सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा नेपाल सहित पाँच देशका ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालबाट ३६, भारतबाट १०, जापान र मलेसिायबाट एक एक तथा स्वीट्जरल्यान्डबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पाँचदिने प्रतियोगिताका खेलहरु सातदोवाटो स्थित टेनिस

Continue Reading →